काठमाडौं - आगामी साउन ७ गतेसम्म अन्तर्राष्ट्रिय हवाई उडान र सीमानाका बन्द गर्ने निर्णय भएको छ । बिहिबार बसेको नेकपा मन्त्रिपरिषदको बैठकले यसबारे निर्णय गरेको अर्थ तथा सञ्चारमन्त्री डा. युवराज खतिवडाले जानकारी दिए ।

डा. खतिवडाले नेपाल–भारत सीमानाका बन्द भए पनि खाद्यबस्तु तथा मालवाहक ढुवानीलाई भने सहज बनाउने बताए ।