सिरहा - राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले मतदातालाई पैसाको लोभमा भविष्य नबेच्न आग्रह गरेका छन् ।

बुधबार सिरहाको मिर्चैयामा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै लामिछानेले मतदातालाई सचेत रहँदै सही प्रतिनिधि छनोट गर्न आग्रह गरेका हुन् ।

पैसा खर्च गरेर भोट किन्ने मान्छेहरूप्रति खबरदारी गर्न आग्रह गर्दै उनले भने- 'पैसामा आफ्नो भविष्य नबेच्नु होला । कसैले पैसा दिएछ भने लिए हुन्छ, किनकि त्यो हाम्रो आफ्नै पैसा हो । आफ्नै पैसा हामीलाई बाँड्छ भने लिँदा पाप लाग्दैन, तर गलत मान्छेलाई भोट हाल्यो भने पाप लाग्छ ।'

उनले कसैले पैसा दिन खोजे लिँदा केही नहुने तर गलत व्यक्तिलाई भोट हाले पाप लाग्ने बताए ।