काठमाडौं,डोटी - डोटीको शिखर नगरपालिका–१ गेरुपानीमा अछामका लागि छुटेको बस दुर्घटना भएको छ ।

ना ५ ख ९६६३ नम्बरको बसमा सवार एकजना बालक बेपत्ता भएका छन् । जिल्ला प्रहरी कार्यालय डोटीका प्रवक्ता प्रहरी नायव उपरीक्षक भोलाकुमार भट्टका अनुसार उक्त बसमा सवार १३ जना घाइते भएका छन् ।

दुर्घटनामा परी बस सहचालकसहित ३ जना गम्भिर घाइते भएका छन् । सामान्य घाइते भएका ८ जना को शैलेश्वरी अस्पतालमा उपचार भइरहेको छ । 

तीव्रगतिमा रहेका बसका चालक निदाएपछि दुर्घटना भएको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुमान छ । बस सडकबाट २० मिटर तल सेती नदीको किनारमा खसेको छ । बस चालक फरार रहेकाले उनको  खोजी भइरहेको प्रहरीले जानकारी दिएको छ ।