काठमाडौं - देशभर अहिले पश्चिमी न्युन चापीय प्रणालीको प्रभाव रहेको छ । यसको कारण देशको पश्चिमी भू–भागमा सामान्यदेखि पूर्ण बदली तथा पूर्वी र मध्य भू–भागहरुमा आंशिक बदलीको अवस्था रहेको देखिन्छ ।

मौसम पुर्वानुमान महाशाखाको अनुसार बुधबार दिउँसो देशको पश्चिम तथा मध्य भू–भाग लगायत पूर्वी भेगका पहाडी क्षेत्रमा सामान्य वदली रही पूर्वी तराई भेगमा आंशिक वदली रहने छ ।

पश्चिमी र मध्य भू–भागका धेरै स्थानहरुमा र पूर्वी भेगका केहि स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । उच्च पहाडी तथा हिमाली भू–भागमा हल्कादेखि मध्यम हिमपातको सम्भावना रहेको छ ।

बुधबार राती पनि देशभर सामान्य देखि पूर्ण बदली रहनेछ । पश्चिमी र मध्य भू–भागका अधिकांश स्थानहरु र पूर्वी भू–भागका केही स्थानहरुमा हल्कादेखि मध्यम वर्षको सम्भावना रहेको छ ।

उच्च पहाडी तथा हिमाली भू–भागमा हल्कादेखि मध्यम हिमपातको सम्भावना रहेको छ । पश्चिमी उच्च पहाडी तथा हिमाली भू–भागका एक वा दुई स्थानमा भारी हिमपातको सम्भावना रहेको छ ।