काबुलमा तालिबान छिरेपछि आपतकालीन वार्तामा राष्ट्रपति घानी
काठमाडौं - अफगानिस्तानका राष्ट्रपति असरफ घानीले आपतकालीन बैठक बोलाएका छन् ।
बीबीसीका अनुसार राजधानी काबुल शहरमा विद्रोही तालीबानी लडाकूहरु प्रवेश गर्न थालेपछि राष्ट्रपति घानीले अमेरिकी दूत जाल्माइ खलिलजाद र नेटोका उच्च अधिकारीहरूसँग आपत्कालीन वार्ता सुरु गरेका हुन् । तालीवानीहरुले काबुल बाहेकका शहरहरु कब्जामा लिइसकेका छन् । उनीहरु तीव्र गतिमा काबुलतर्फ बढिरहेका छन् ।
तालिबानले आक्रमण तीव्र पारे यता शनिवार पहिलो पटक राष्ट्रका नाममा सम्बोधन गर्दै राष्ट्रपति घानीले मुलुक ‘गम्भीर खतरामा’ रहेको बताएका थिए। तीव्र रूपमा सरकारी फौजहरूको विफलतासँगै राजीनामाका लागि राष्ट्रपतिमाथि दबाव बढ्दो छ ।
तर अफगान राष्ट्रपतिको कार्यालयले स्थिति नियन्त्रणमा भएको दाबी गरेको छ। राष्ट्रपतिको कार्यालयले ट्विटरमा लेखेको छ, ‘काबुलमा फाट्टफुट्ट गोली चलेको छ, काबुलमा आक्रमण भएको छैन। सहरको सुरक्षा सुनिश्चित गर्न देशका सुरक्षा र प्रतिरक्षा फौजहरू विदेशी साझेदारसँग मिलेर काम गरिरहेका छन्, स्थिति नियन्त्रणमा छ।’
फेसबुक पेज Like गर्नुहोस