काठमाडौं - नबिल बैंकले नयाँ वर्ष २०७८ को शुभ अवधिमा ग्राहकहरुका लागि क्यास ब्याक अफर ल्याएको छ । दराज संगको साझेदारीमा मिति २०७७/१२/२९ गते देखि २०७८/१/७ गते सम्म नबिल बैंकका ग्राहकहरुले डेबिट कार्ड मार्फत सपिङ्ग गरि १५ प्रतिशत छुट वा अधिकतम रु १००० क्यास ब्याक र क्रेडिट कार्ड मार्फत सपिङ्ग गरि २० प्रतिशत छुट वा अधिकतम रु १५००  क्यास ब्याक प्राप्त गर्ने छन् । 

उक्त अफर शुरू हुन मात्र २ दिन रहेकोले नबिल बैंकको नजिकको शाखामा गई खाता खोलि ग्राहकहरुले डेबिट र क्रेडिट कार्ड मार्फत क्यास ब्याक अफरको लाभ लिई ढुक्क हुन सक्नेछन् । 

सन् १९८४ देखि आफ्ना ग्राहकहरुलाई समायनुकुल सेवा प्रदान गर्दै आएको यस नबिल बैंकको ११९ शाखा,  १७५ एटिएम र १५०० भन्दा बढि नबिल रेमिट एजेन्टहरु रहेको नबिल बैंकले नेपाली बैंकिङ्ग क्षेत्रमा नविनतम् सेवाको शुरुवात गर्न अग्रणी भूमिका खेल्नुका साथै नेपालको बैंकिङ्ग विकासको ईतिहासमा कोसेढुङ्गाको रुपमा काम गर्दै आएको छ ।