गोठाटारमा गोली लाग्दा घाइते भएका मोहम्मदको मृत्यु
खबर एक्सप्रेस
२०७९-०६-०३ ०९:५४ मा प्रकाशित
Total Shares: 241
काठमाडौं - काठमाडौंस्थित गोठाटारमा गोली लागेर घाइते भएका लाल मोहम्मदको मृत्यु भएको छ । त्रिवि शिक्षण अस्पतालमा उपचारको क्रममा उनकाे मृत्यु भएको उपत्यका प्रहरी कार्यालय प्रमुख एआईजी रवीन्द्र धानुकले जानकारी दिए ।
कागेश्वरी मनोहरा नगरपालिका-८ गोठाटारमा सोमबार साँझ हरिवन नगरपालिका–२ का ५५ वर्षीय मोहम्मदमाथि मोटरसाइकलमा आएका व्यक्तिले गोली प्रहार गरेर भागेका थिए ।
उनको टाउकोमा दुईवटा र दाहिने तिघ्रामा एउटा गोली लागेको थियो । मोहम्मद गार्मेट व्यवसायी हुन् ।

.gif)



फेसबुक पेज Like गर्नुहोस