मोटरसाइकल दुर्घटनामा चार महिने छोरीको मृत्यु,बुबा र आमा घाइते
खबर एक्सप्रेस
२०७८-१२-२९ ११:१३ मा प्रकाशित
Total Shares: 309
काठमाडौं - भक्तपुरको साँगाबाट जगातीतर्फ आउँदै मोटरसाइकल दुर्घटना हुँदा एक नाबालिकाको मृत्यु भएको छ । मृत्यु हुनेमा चार महिनाकी लोसाङ डोल्मा तामाङ रहेकी छिन् ।
मृतक बालिकाका बुबा बुद्ध तामाङले चलाएको बाग्मती प्रदेश ०२–०२१ प ६७६२ नम्बरको मोटरसाइकल मंगलबार बिहान अन्दाजी साढे ३ बजे दुर्घटना हुँदा लोसाङ गम्भीर घाइते भएकी थिइन् । उपचारको क्रममा न्युरो अस्पताल काठमाडौंमा मृत्यु भएको छ ।
बुबा बुद्ध र आमा सुस्मिता तामाङको भने भक्तपुरको सल्लाघारीमा रहेको डा. इवामुरा अस्पतालमा उपचार भएको छ ।

.gif)



फेसबुक पेज Like गर्नुहोस