कोरोना संक्रमणबाट दाङमा थप एक जनाको मृत्यु
खबर एक्सप्रेस
२०७७-०७-१५ ११:४८ मा प्रकाशित
Total Shares: 389
काठमाडौं, तुल्सीपुर - कोरोना भाइरसको संक्रमणबाट दाङमा थप एक जनाको मृत्यु भएको छ ।
घोराही उपमहानगरपालिका वडा नं. ४ निवासी ७० वर्षीय पुरुषको बाँकेमा उपचारको क्रममा मृत्यु भएको हो । उनको बाँकेको कोहलपुरस्थित नेपालगञ्ज मेडिकल कलेजमा शनिबार बिहान मृत्यु भएको हो ।
उनी कात्तिक ११ गते अस्पताल भर्ना भएका थिए । कोरोनासँग मिल्दोजुल्दो लक्षण देखिएपछि स्वाब परीक्षण गर्दा उनमा कात्तिक १२ गते कोरोना संक्रमण पुष्टि भएको थियो ।
योसँगै बाँके जिल्लामा बाहिरी जिल्लाबाट उपचारका लागि आएका १८ जना कोरोना संक्रमितको मृत्यु भएको छ । बाँकेमा मात्रै ३० जनाले संक्रमणबाट ज्यान गुमाइसकेका छन् ।

.gif)



फेसबुक पेज Like गर्नुहोस