निलम्बित प्रधानन्यायाधीश राणासँग बयान लिइँदै
खबर एक्सप्रेस
२०७९-०५-१५ ०९:०४ मा प्रकाशित
Total Shares: 170
काठमाडौं - महाअभियोग सिफारिस समितिले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणासँग आज बयान लिने भएको छ । सिफारिस समितिको बिहान ११ बजे बस्ने बैठकले सर्वोच्च अदालतका प्रधानन्यायाधीश राणासँग बयान लिन लागेको हो ।
नेपालको न्यायिक तथा संसदीय इतिहासमा पहिलो पटक प्रधानन्यायाधीशसँग बयान लिन लागेको हो ।
१ फागुनमा सत्तारुढ दलले महाअभियोग लगाएपछि २३ फागुनमा प्रतिनिधिसभाले महाअभियोग सिफारिस समिति गठन गरेको थियो । सोही सिफारिस समितिले पहिलो पटक बयान लिन लागेको हो ।

.gif)



फेसबुक पेज Like गर्नुहोस