सुनको मूल्य बढ्यो, तोलाको २ लाख ५२ हजार नाघ्यो
खबर एक्सप्रेस
२०८२-०८-१५ ०१:२९ मा प्रकाशित
Total Shares: 48
काठमाडौं - नेपाली बजारमा एक तोला सुनको भाउ साढे २ लाख नाघेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार प्रतितोला सुनको भाउ २ लाख ५२ हजार २०० कायम भएको छ। सुनको भाउ यसअघि असोज ३१ गते प्रतितोला २ लाख ५८ हजार पुगेको थियो। यो हालसम्मकै उच्च मूल्य हो।
सुनको मूल्य आकासिएसँगै चाँदीको भाउ पनि वृद्धि भएको छ। आज प्रतितोला चाँदी ३ हजार ४९० मूल्यमा कारोबार भइरहेको महासंघले जनाएको छ।

.gif)



फेसबुक पेज Like गर्नुहोस