काठमाडौं - नयाँ बानेश्वरस्थित नोबेल एकेडेमीका एक शिक्षकलाई प्रहरीले पक्राउ गरेको छ । आफ्नै कलेजकी एक छात्रामाथि यौन दुर्व्यवहार गरेको आरोपमा उनलाई पक्राउ गरिएको हो । 

कक्षा १२ का विद्यार्थीहरुले ती छात्रामाथि दुर्व्यवहार गरिएको भन्दै आज बिहानै देखि नाराबाजी गरेका छन् । आरोपित शिक्षकलाई कारबाही गर्न उनीहरुको माग छ ।

विद्यार्थीहरुको नाराबाजीसँगै आन्दोलनपछि प्रहरीले आरोपित शिक्षकलाई नियन्त्रणमा लिएको हो । पक्राउ पर्ने अंग्रेजी विषय पढाउने ३९ वर्षीय सरोज भट्टराई रहेको प्रहरीले जनाएको छ । अहिले प्रहरीले उनलाई पक्राउ गरेर अनुसन्धान गरिरहेको छ । 

शिक्षकमाथि च्याटमा विद्यार्थीसँग दुर्व्यवहार गरेको आरोप लागेको प्रहरीले जनाएको छ ।