काठमाडौं - पृथ्वीराजमार्ग अन्तर्गत चितवन कुरिनटार नजिक इच्छाकामना गाउँपालिका ४ धारापानीमा एक जना पुरूषको शव फेला परेको छ । 

सडकछेउमा बुधबार बिहानपख शव भेटिएको हो । शव देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए ।

उमेर अन्दाजी ३०र३५ वर्षको जस्तो देखिने प्रहरीको भनाई छ । ती व्यक्तिलाई गाडीले ठक्कर दिएको प्रहरीको अनुमान छ । शव भरतपुर अस्पताल लगिएको बताइएको छ ।