‘सङ्घीयताको रक्षाका लागि आन्दोलनमा जानुपर्यो’
खबर एक्सप्रेस
२०७७-०९-१९ ०२:०६ मा प्रकाशित
Total Shares: 315
काठमाडौं,लहान - नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता गिरिराजमणि पोखरेलले सङ्घीयता रक्षाका लागि आन्दोलनमा जानुपरेको बताएका छन् ।
नेकपाको संस्थापन पक्ष (दाहाल– नेपाल)द्वारा सिरहाको धनगढीमाई नगरपालिकामा आयोजना हुने कार्यक्रममा सहभागी हुन पुगेका उनले आज सञ्चारकर्मीसँग कुरा गर्दै प्रतिनिधिसभा विघटनबाट मुलुकमा अस्थिरता र सङ्घीयता समाप्त हुने अवस्थामा पुगेका आरोप लगाए ।
संसद् विघटन गर्ने कार्यको विरुद्धमा आफूहरु मन्त्री पदबाट राजीनामा दिइ सडकमा आएको उनको भनाइ थियो ।
फेसबुक पेज Like गर्नुहोस