काठमाडौं - कोरोना महामारीका कारण  राष्ट्रिय प्रजातन्त्र पार्टीको जेठ अन्तिम साता गरिने भनिएको महाधिवेशन स्थगित भएको छ ।

राप्रपाका अध्यक्ष त्रयसहितको आज बसेको बैठकले एक विज्ञप्ति जारी गर्दै जेठ २२–२५ गते गर्ने भनिएको महाधिवेशन स्थगित गर्ने निर्णय गरेको हो ।

प्रेस विज्ञप्ति

मितिः २०७८ जेठ १ गते

राप्रपाका त्रय अध्यक्ष सहितको आज बसेको बैठकले देहाय बमोजिम निर्णयहरु गरेको छ:

१. कोभिड–१९ महामारी अत्यन्तै भयावह बन्दै गएको अवस्थालाई दृष्टिगत गर्दै २०७८ जेठ २२–२५ सम्म काठमाडौंमा हुने भनिएको पूर्वघोषित पार्टीको केन्द्रीय महाधिवेशन हाललाई स्थगित गर्ने निर्णय गरेको छ । महाधिवेशनको नयाँ मिति उपयुक्त समयमा घोषणा गरिने छ ।

२. कोरोना भाइरस संक्रमणको दर उच्च बन्दै गइरहेको तर नियन्त्रण र रोकथाममा सरकारको व्यवस्थापन क्षमता कमजोर बनिरहेकोमा चिन्ता व्यक्त गरेको छ । संक्रमित बिरामीका लागि अस्पतालहरुमा बेडको अभाव, अक्सिजन आपूर्तिमा देखिएको समस्या, आइसियु, भेन्टिलेटर र अत्यावश्यक औषधिको कमीका कारण मृत्युुदर बढिरहेको अवस्थामा निजी क्षेत्रसंगको सहकार्यबाट स्वदेश र विदेशमा कुटनैतिक पहल गरि अन्तर्राष्ट्रिय सहयोग जुटाउन आवश्यक तदारुकताका लागि राप्रपा सरकारसंग माग गर्दछ । कोरोना भाइरसबाट संक्रमित भएकाहरुको उपचारमा कठिनाइ भइरहेको र उपचार नपाएर मृत्युवरण समेत गर्नुपर्ने दुःखदायी अवस्था दुर्भाग्यपूर्ण छ, नागरिकको जीवन रक्षाका लागि राज्यका सम्पूर्ण सामथ्र्य प्रयोग गर्न राप्रपा सरकारसंग जोडदार माग गर्दछ ।


कोभिड–१९ संग जुधिरहेका आम जनताको सेवामा सुरक्षित रहि परिचालित हुन पार्टीका सबै तहका नेता, कार्यकर्तालाई राप्रपा हार्दिक अपिल गर्दछ ।

३. पार्टीको निर्देशन समिति ५ दिन भित्र गठन गर्ने निर्णय गरियो ।

भास्कर भद्रा

ध्रुब बहादुर प्रधान

प्रमुख प्रमुख

केन्द्रीय सचिवालय