काठमाडौं - सरकारद्वारा प्रतिबन्धित विप्लव नेतृत्वको नेकपाका रुपन्देही इन्चार्ज संगम पुनसहित १० जना कार्यकर्ता बुटवलमा पक्राउ परेका छन् ।

जिल्ला प्रहरी कार्यालय रुपन्देहीका अनुसार पक्राउ पर्नेमा इन्चार्ज पुनसहित विश्वास भट्टराई, माधव न्यौपाने, अज मोहम्मद मिया लगायत छन्। पक्राउ परेकामाथि थप अनुसन्धान सुरू गरेको प्रहरीले जनाएको छ।