काठमाडौं - प्रहरी प्रधान कार्यालयले ८ प्रहरी उपरीक्षक (एसपी) र २१ प्रहरी नायब उपरीक्षक ९डीएसपी० को काज सरुवा गरेको छ ।\

प्रहरी प्रधान कार्यालय कानुन शाखाका एसपी जनार्दन जीसीलाई स्याङ्जा, स्याङ्जाका राजकुमार लम्साललाई प्रहरी प्रधान कार्यालय, सर्लाहीका गोपालचन्द्र भट्टराईलाई प्रहरी प्रधान कार्यालय कानुन शाखा र प्रहरी प्रधान कार्यालय सुरक्षा सेवा व्यवस्थापन निर्देशनालयका विश्वमणि पोखरेललाई सर्लाहीमा सरुवा गरिएको प्रधान कार्यालयले जनाएको छ ।

त्यसैगरी महानगरीय ट्राफिक प्रहरी महाशाखाका एसपी रविकुमार पौडेललाई जिल्ला प्रहरी कार्यालय काभ्रे, काभ्रेका जयराज सापकोटालाई २ नं। प्रदेश प्रहरी कार्यालय जनकपुर, धादिङका एसपी राजकुमार बैदवारलाई महानगरीय ट्राफिक प्रहरी महाशाखा र कर्णाली प्रदेश प्रहरी कार्यालयका एसपी रवीन्द्र रेग्मीलाई धादिङमा काज सरुवा गरिएको छ । 

कान्तिपुर दैनिकबाट