दूरसञ्चार सेवा प्रदायक तीन कम्पनीको अनुमतिपत्र खारेज
खबर एक्सप्रेस
२०८०-०८-२८ ०८:२७ मा प्रकाशित
Total Shares: 180
काठमाडौं - नेपाल दूरसञ्चार प्राधिकरणले दूरसञ्चार सेवा प्रदायक तीन कम्पनीको अनुमतिपत्र खारेज गरेको छ ।
प्राधिकरणबाट इन्टरनेट (इ-मेलसहित) को दूरसञ्चार सेवा सञ्चालन गर्न अनुमतिपत्र प्राप्त गरेका युनाइटेड टेलिकम, म्याक्स नेट सोलुसन र चितवन नेटवर्क प्रालिको अनुमति पत्र खारेज गरेको हो।
सेवा प्रदायकहरूले अनुमतिपत्र नवीकरण गर्न तोकिएको समयावधि भित्र नवीकरण बापतको दस्तुर दाखिला गरी अनुमतिपत्र नवीकरणका लागि निवेदन पेस नगरेकाले उनीहरुको अनुमति पत्र स्वतः खारेज भएको प्राधिकरणले जानकारी दिएको छ।

.gif)



फेसबुक पेज Like गर्नुहोस