आईसीसी पुरुष टी–२० विश्वकप : नेपाल इंग्ल्याण्डसँग ४ रनले पराजित
खबर एक्सप्रेस
२०८२-१०-२५ ०६:४४ मा प्रकाशित
Total Shares: 30
काठमाडौं - आईसीसी पुरुष टी–२० विश्वकपअन्तर्गत इंग्ल्यान्डविरुद्धको ऐतिहासिक पहिलो भेटमा नेपाल पराजित भएको छ । भर्खरै सम्पन्न खेलमा नेपाल इङ्ल्यान्डसँग ४ रनले पराजित भएको हो ।
भारतको मुम्बईस्थित वानखडे स्टेडियममा इङ्ल्यान्डका कप्तान ह्यारी ब्रुकले टस जितेर पहिला व्याटिङ रोजेका थिए। नेपालले दुई पटकको च्याम्पियन इङ्ल्यान्डसँग खेल्दै यसपटकको विश्वकपको यात्रा सुरुवात गर्न लागेको हो।
नेपालले यसअघि सन् २०१४ बंगलादेशमा र सन् २०२४ मा अमेरिकामा भएको विश्वकपमा सहभागिता जनाएको थियो। दुवै पटकको विश्वकपमा नेपालले समूह चरण पार गर्न सकेको थिएन।

.gif)



फेसबुक पेज Like गर्नुहोस