काठमाडौं - प्रधानमन्त्री केपी शर्मा ओलीको मनमोहन कार्डिओथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा डायलासिस गरिएको छ ।

ओली शुक्रबार दिउँसो अस्पताल पुगेका थिए र साँझ फर्किएका छन् । प्रधानमन्त्रीका सल्लाहकार सूर्य थापाकाअनुसार उनको त्यहाँ डायलासिस गरिएको हो । प्रत्यारोपण गरिएको मिर्गौलाले काम गर्न छाडेपछि प्रधानमन्त्री ओलीले नियमित डायलासिस गर्दै आएका छन् ।