राष्ट्रिय सभामा सिट बाँडफाँट गर्न सत्ता गठबन्धनको बैठक बालुवाटारमा जारी
खबर एक्सप्रेस
२०८०-०९-२२ १०:०१ मा प्रकाशित
Total Shares: 49
काठमाडौं-राष्ट्रिय सभा निर्वाचनको उम्मेदवारी बाँडफाँट गर्न सत्ता गठबन्धनको बैठक बालुवाटारमा जारी छ I
बिहान सवा आठ बजेदेखि बैठक बालुवाटारमा बसिरहेको छ ।
बैठकले उम्मेदवारी बाँडफाँट टुंग्याउने छ । रिक्त १९ सिटमध्ये नेपाली कांग्रेसले १०, नेकपा (माओवादी केन्द्र) ले ६, एकीकृत समाजवादीले २ र जनता समाजवादीले २ स्थान पाउने गरी प्रस्ताव अघि सारिएको छ।
त्यसमा एकीकृत समाजवादी सहमत हुन सकेको छैन । ठूला दुई दलले एकलौटी गर्न खोजेको भन्दै एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल बैठक बीचमै छाडेर बाहिरिएका थिए ।
तर आज अध्यक्ष नेपाललाई राखेर प्रस्तावलाई अन्तिम रूप दिइन लागेको हो ।
फेसबुक पेज Like गर्नुहोस