फागुनसम्म तीन अन्तर्राष्ट्रिय गन्तव्यमा उडान गर्ने तयारी
खबर एक्सप्रेस
२०७६-०७-२१ ११:०० मा प्रकाशित
Total Shares: 538
काठमाडौं - वित्तीय संकटमा रहेको राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमले आगामी ४ महिनाभित्र तीन अन्तर्राष्ट्रिय गन्तव्यमा उडान सुरु गर्ने भएको छ ।
दुई वाइड बडी जहाज पूर्णरुपमा सञ्चालन गर्न नसक्दा आलोचित निगमले फागुनसम्म जापानको नारिता, साउदी अरेबियाको रियाद र चीनको क्वाङचाउ उडान गर्ने बताएको छ ।
बुधबार आयोजित पत्रकार सम्मेलनमा निगमका कार्यकारी अध्यक्ष मदन खरेलले सम्बद्ध मुलुकले उडान अनुमति दिनासाथ निगम उड्न तयारी अवस्थामा रहेको दाबी गरे ।
आर्थिक अभियान दैनिकबाट
फेसबुक पेज Like गर्नुहोस