काठमाडौं - प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले अध्यादेश फिर्ता लिएर सरकारले गल्ती सच्याएको बताएको छ ।

शुक्रबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मान्त्रपरिषद्को बैठकले राजनीतिक दल र संवैधानिक परिषदसम्बन्धी अध्यादेश फिर्ता लिने निर्णय गरेपछि कांग्रेसले यस्तो प्रतिक्रिया जनाएको हो ।

पार्टीका प्रवक्ता विश्वप्रकाश शर्माले ट्विटरमार्फत् भनेका छन्, 'अध्यादेश फिर्ता लिएर सरकारले गल्ती सच्यायो, अब अपहरण शैलीमा सांसद उठाउने कर्ममा संलग्नलाई कार्वाहीको प्रतीक्षामा छ देश ।'

प्रधानमन्त्री केपी शर्मा ओलीलाई मेन्सन गर्दै प्रवक्ता शर्माले सम्पूर्ण ध्यान र शक्ति कोरोनाविरुद्धको संघर्षमा केन्द्रित गर्न आग्रह गरेका छन्। उनले अहिलेको आवश्यकता नागरिकको जीवनरक्षाको भएको बताएँदै राजनीतिक विवाद फुर्सदका लागि साच्न आग्रह गरेका छन्।