काठमाडौं - मौसम पूर्वानुमान महाशाखाका अनुसार आज देशमा पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव रहेको छ । 

भारतको उत्तरप्रदेश आसपासमा रहेको चक्रवात ताउते थप कमजोर भई न्यूनचापीय क्षेत्रका रुपमा रहेकोले आज पनि वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार आज बिहान देशभर सामान्य बदली भइरहेको र देशका केही स्थानहरुमा राती वर्षा समेत भएको छ ।  यस्तै, आज दिउँसो देशभर आंशिकदेखि सामान्य  बदली रहनेछ । 

सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, वाग्मती प्रदेश र प्रदेश न १ का केही स्थानहरु र लुम्बिनी प्रदेश, गण्डकी प्रदेश र प्रदेश न २ का थोरै स्थानहरुमा मेघगर्जन र चट्याङ्ग सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । 

भने, सुदूरपश्चिम प्रदेश, वाग्मती प्रदेश, प्रदेश न २ र प्रदेश न १ का एकरदुई​ स्थानहरुमा भारी वर्षाको पनि सम्भावना रहेको छ ।

यस्तै, आज राति  प्रदेश १ र प्रदेश २ लगायत देशका बाँकी पहाडी भूभागमा आंशिकदेखि सामान्य  बदली र अन्य भूभागमा सामान्यतया सफा रहनेछ । 

प्रदेश १ र प्रदेश २ लगायत वाग्मती र गण्डकी प्रदेशका पहाडी भूभागका थोरै स्थानहरुमा तथा कर्णाली प्रदेशका एकरदुई स्थानमा राति मेघगर्जन/चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको पूर्वानुमानले जनाएको छ ।