उपत्यकामा २४ घन्टामा थप १५ सय ९९ जनामा कोरोना संक्रमण
खबर एक्सप्रेस
२०७७-०६-१८ ०४:३५ मा प्रकाशित
Total Shares: 259
काठमाडौं - उपत्यकामा २४ घन्टामा थप १५ हजार ९९ जना कोरोना संक्रमित थपिएका छन् ।
काठमाडौं मा १३ सय ७३, ललितपुरमा १८७ र भक्तपुर ३९ जना संक्रमित देखिएका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आइतबारको पत्रकार सम्मेलनमा जानकारी दिएको हो ।
२४ घन्टामा १२ हजार ७ सय ८४ पीसीआर परीक्षण भएका छन् । हालसम्म १० लाख ७४ हजार ४४८ परीक्षण भइसकेको मन्त्रालयले जनाएको छ । देशभर भने पछिल्लो २४ घन्टामा २ हजार २५३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । सक्रिय संक्रमित भने २२ हजार २१९ पुगेको मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिए ।

.gif)



फेसबुक पेज Like गर्नुहोस