आजबाट सर्वसाधरणलाई पनि कोरोनाविरुद्धको खोप
खबर एक्सप्रेस
२०७७-१२-३१ १२:२३ मा प्रकाशित
Total Shares: 238
काठमाडौं - सरकारले सर्वसाधरणलाई कोरोना भाइरसविरुद्धको खोप अभियान शुरु गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आजबाट ४० देखि ५९ वर्ष उमेर समूहका सर्वसाधरणलाई पनि खोप लगाउन शुरु गरेको हो ।
यो उमेर समूहका सर्वसाधारणलाई चिनियाँ कम्पनीको कोभिड खोप भेरोसेल लगाइने मन्त्रालयले जनाएको छ। मंगलबारदेखि नै चालक र सहचालकसहित अत्यावश्यक सेवामा खटिएका १८ देखि ६० वर्षका व्यक्तिलाई पनि लगाउन लागिएको हो ।
खोप अभियान अन्तर्गत स्वास्थ्यकर्मी, फार्मेसीका कर्मचारी, सार्वजनिक यातायातका चालक र सहचालक सहित अत्यावश्यक सेवामा खटिएका व्यक्तिलाई खोप लगाइने छ ।
फेसबुक पेज Like गर्नुहोस