कञ्चनपुरमा सर्प दंशबाट एक महिलाको मृत्यु
खबर एक्सप्रेस
२०७९-०४-०२ ०३:२८ मा प्रकाशित
Total Shares: 240
काठमाडौं,कञ्चनपुर - कञ्चनपुरको बेलडाँडी गाउँपालिका– २ की एक महिलाको सर्पको टोकाईबाट मृत्यु भएको छ।
आइतबार राति घरमा सुतेकी ६५ वर्षीया कमलादेवी महर बिष्टको सर्प दंशबाट मृत्यु भएको हो।
बिष्टको सर्प दंशबाट मृत्यु भएको पारिवारिक श्रोतलाई उद्धृत गर्दै इलाका प्रहरी कार्यालय बेलडाँडीका प्रहरी निरीक्षक दीपक पातलीले जानकारी दिए।
घरमा सुतिरहेको अवस्थामा गएराति १ः३० बजेतिर सर्पको टोकाइबाट गम्भीर घाइते बिष्टको सेती प्रादेशिक अस्पताल धनगढीमा उपचारका क्रममा सोमबार बिहान मृत्यु भएको प्रहरीले जनाएको छ।

.gif)



फेसबुक पेज Like गर्नुहोस