काठमाडौं - नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ) का कार्यकर्ताबीच केन्द्रिय पार्टी कार्यालय सानेपामा झडप भएको छ ।
पार्टी सभापति शेरबहादुर देउवा कार्यालय प्रवेश गर्ने क्रममा नेविसंघका पूर्वमहामन्त्री कुन्दनराज काफ्ले समूहले ढोकैमा छेक्ने काम गरेपछि संस्थापन समूहका विद्यार्थीसँग धकेलाधकेल भएको स्रोतले जनाएको छ ।
नेविसंघको संस्थापन निकट एक विद्यार्थी नेताले सभापति देउवालाई काफ्ले समूहले अवरोध सिर्जना गरेपछि संस्थापन समूहका विद्यार्थीहरुले प्रतिकार गरेको जानकारी दिए ।
उनले भने, “सभापति बैठकका लागि पार्टी कार्यालयमा प्रवेश गर्दै गर्दा अवरोध सिर्जना गरेपछि हाम्रो समूहबाट प्रतिकार भएको हो ।”
काफ्ले समूहले पार्टी सभापति देउवाले विधान मिचेर नेविसंघ तदर्थ समिति बनाउन लागेको भन्दै पार्टी कार्यालयकै ढोकाछेउ ४१ दिनदेखिको जारी रिले अनशनलाई आजबाट आमरण अनशनमा परिणत गरेको छ । झडपपछि प्रहरी परिचालन गरिएकाे छ ।

.gif)


