महिला सशक्तीकरण साझा दायित्व : प्रधानमन्त्री देउवा
खबर एक्सप्रेस
२०७८-११-२४ ०१:५२ मा प्रकाशित
Total Shares: 291
काठमाडौं - प्रधानमन्त्री शेरबहादुर देउवाले महिला सशक्तीकरण साझा दायित्व रहेको बताएका छन् ।
नारी दिवसको अवसरमा मंगलबार आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले महिला सशक्तीकरण साझा दायित्व रहेको बताएका हुन् । यसका लागि राज्यका तीन तहकै सरकार क्रियाशील रहेको प्रधानमन्त्री देउवाको भनाइ छ ।
महिलामाथि हुने हिंसा र विभेद अन्त्यका लागि सबै एकजुट भएर लाग्नुपर्नेमा जोड दिएका प्रधानमन्त्री देउवाले यसका लागि सरकार प्रतिबद्ध रहेको बताए ।
फेसबुक पेज Like गर्नुहोस