नवाजउद्दिनको व्यस्तता बढ्दो
काठमाडौं - नवाजउद्दिन सिद्दिकी भारतका लोकप्रिय अभिनेता हुन् । अहिले उनको व्यस्तता बढ्दै छ । किनकि, उनी लगातार तीनवटा फिल्ममा काम गर्दै छन् ।
उनी अहिले भाइ समास नबाब सिद्दिकीले बनाउन लागेको ‘बोले चुडियां’को सुटिङमा व्यस्त छन् । यसमा तमन्ना भाटिया उनको अपोजिटमा छिन् ।
फुर्सद मिल्नासाथ उनी ‘डस्टी टु मिट रस्टी’को सुटिङका लागि एक महिना व्यस्त हुनेछन् । यो कथा मुम्बईबाट धर्मशाला जाने एक युवतीमा केन्द्रित छ । फिल्मको अधिकांश सुटिङ रियल लोकेसनमै हुने बताइएको छ ।
यसपछि उनी अन्तर्राष्ट्रिय प्रोजेक्टमा व्यस्त हुनेछन् । अमेरिकामा झन्डै एक महिनासम्म ‘नो म्यान ल्यान्ड’को सुटिङमा नवाजउद्धिन व्यस्त हुने भएका हुन् ।
व्यस्तता बढेपछि उनी आफ्नो वेब सो ‘सेक्रेट गेम्स २’ को प्रमोसनमा समेत सहभागी हुन नपाउने भएका छन् । नवाज भन्छन्, ‘हो, अहिले मसँग धेरै प्रोजेक्ट छन् र म धेरै काम गर्न चाहन्छु ।’
फेसबुक पेज Like गर्नुहोस