काठमाडौं - नेकपा माओवादी केन्द्रले नेताहरुको जिम्मेवारी बाँडफाट गरेको छ । 

हालै काठमाडौंमा सम्पन्न केन्द्रीय कमिटी र स्थायी कमिटी बैठकबाट पार्टी प्रवक्ताको जिम्मेवारीमा कृष्णबहादुर महरालाई तोकेको छ भने संगठन विभाग प्रमुखको जिम्मेवारी जनार्दन शर्मा ‘प्रभाकर’ले पाएका छन् । यसअघि प्रवक्ताको जिम्मेवारीमा नारायणकाजी श्रेष्ठ थिए । पछिल्लो समय श्रेष्ठ यो भूमिकाबाट अलग हुन चाहेपछि माओवादीले प्रवक्तामा महरालाई ल्याएको हो।

त्यस्तै, माओवादी केन्द्रले केन्द्रीय विभाग, प्रदेश इञ्चार्ज र सहइञ्चार्ज, जिल्ला इञ्चार्ज तथा जनवर्गीय संगठनका इञ्चार्जहरुसमेत ताेकेकाे छ । अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले स्कुल विभागको ईञ्चार्जको जिम्मेवारीमा पाएका छन् भने प्रमुखमा गिरिराजमणि पोखरेल छन् ।