काठमाडौं - आज दिउँसो २ बजे बस्ने भनिएको मन्त्रिपरिषद्को बैठक सरेको छ ।

लकडाउनबारे निर्णय गर्न आइतबार दिउँसो २ बजे बस्ने भनिएको बैठक साँझ ५ बजेपछि बस्ने भएको हो । प्रधानमन्त्री केपी शर्मा ओलीको व्यस्तताका कारण बैठक सारिएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए ।

लकडाउन लम्ब्याउने सरकारको तयारी छ । कोरोनाको सङ्क्रमण फैलिन नदिन लकडाउन नै उपयुक्त विधि भएकाले अझै कम्तीमा एक हप्ता लकडाउन लम्ब्याउने तयारी गरेको हो ।

यस्तै, शनिबार बसेकाे कोरोना सङ्क्रमण नियन्त्रण तथा रोकथाम उच्चस्तरीय समितिको कार्यदलले लकडाउन एक हप्ता थप्न सुझाव दिएको थियाे ।