नेपालमा पछिल्लो २४ घण्टामा १ हजार ६०३ जनामा कोरोना पुष्टि, २७ को मृत्यु
खबर एक्सप्रेस
२०७८-०३-२० ०४:५३ मा प्रकाशित
Total Shares: 330
काठमाडौं - पछिल्लो २४ घण्टामा नेपालमा १ हजार ६०३ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आरटीपीसीआर विधिबाट ४ हजार ८७६ जना र ३ हजार २५६ जनाको एन्टिजेन विधिबाट परीक्षण गर्दा १ हजार ६०३ जनामा कोरोना देखिएको हो ।
आज २ हजार ५५२ संक्रमित कोरोनामुक्त भएका छन्। हालसम्म ६ लाख ९ हजार २१८ जना संक्रमित निको भइसकेका छन्।पछिल्लो २४ घण्टामा २७ जना संक्रमितको मृत्यु भएको छ। हालसम्म ९ हजार २२५ जना संक्रमितको मृत्यु भइसकेको छ।

.gif)



फेसबुक पेज Like गर्नुहोस