काठमाडौं, दोलखा - आफ्नै श्रीमतीको हत्या गरेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । 

धारिलो हतियार प्रहार गरी आफ्नै श्रीमतीको हत्या गरेको अभियोगमा कालिन्चोक गाउँपालिका-६ खारेबेशी बस्ने २८ वर्षीय हिमाल थामीलाई शनिबार बिहान प्रहरीले पक्राउ गरेको हो । 

आफ्नै श्रीमती २१ वर्षीया सुनिता थामीलाई हिमालले शुक्रबार राति टाउकोमा धारिलो हतियार प्रहार गरी हत्या गरेर प्रहरीले जनाएको छ ।  थामीलाई जिल्ला प्रहरी कार्यालय र ईलाका प्रहरी कार्यालय सिंगटीबाट खटिएको प्रहरीले  पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।