सत्ता गठबन्धनका दलहरूबीच मन्त्रालय भागवण्डा लगभग टुंगियाे, कुन दललाई कुन मन्त्रालय ?
काठमाडौं - सत्ता गठबन्धनका दलहरूबीच मन्त्रालय भागवण्डा लगभग टुंगिएको छ ।
मंगलबार विहान सत्तारुढ चार दलका शीर्ष नेताहरुबीच भएको छलफलमा मन्त्रालय भागवण्डा टुंगिएको एक शिर्ष नेताले जानकारी दिए ।
सहमतिअनुसार नेपाली कांग्रेसले ८ वटा मन्त्रालय लिने भएको छ । अहिले कांग्रेसले गृह, परराष्ट्र र कानून लिइसकेको छ अब युवा तथा खेलकुद, महिला बालबालिका तथा समाजकल्याण र सूचना तथा सञ्चार प्रविधिलगायत थप मन्त्रालय पाउने भएको छ ।
नेकपा माओवादी केन्द्रले अर्थ र ऊर्जा तथा जलस्रोत मन्त्रालय लिइसकेकोमा अब शिक्षा तथा विज्ञान प्रविधि, श्रम तथा रोजगार र भूमि व्यवस्था मन्त्रालय थप पाउने भएको छ ।
एकीकृत समाजवादी र जनता समाजवादी पार्टीले समान चार/चार मन्त्रालय पाउने छ ।
जसपाले भौतिक पूर्वाधार विकास तथा यातायात मन्त्रालय, कृषि, सहकारी तथा गरिबी निवारण, संघीय मामिला तथा स्थानीय विकास र वन तथा वातावरण मन्त्रालय पाउने सहमति भएको छ ।
नेकपा एसले रक्षा, पर्यटन संस्कृति तथा नागरिक उड्डयन र सहरी विकास मन्त्रालय पाउनेछ । कांग्रेस, माओवादी केन्द्र र एकीकृत समाजवादीले एक/एक राज्यमन्त्री लिएको छ भने जसपाले उपसभामुख पाउने भएको छ ।
फेसबुक पेज Like गर्नुहोस