प्यूठानमा जीप दुर्घटनामा परी तीन जनाको मृत्यु
खबर एक्सप्रेस
२०७९-०७-२३ ०८:२५ मा प्रकाशित
Total Shares: 216
काठमाडौं,प्यूठान - प्यूठानमा जीप दुर्घटना भएको छ । प्यूठान नगरपालिका–५ खैराबाट पूर्णगाउँतर्फ जाँदै गरेको लु १ ज ३७०७ नम्बरको जीप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ ।
जिल्ला प्रहरी कार्यालय प्यूठानका सूचना अधिकारी सुशील थापा मगरका अनुसार दुर्घटनामा खुमन थापा, बच्ची थापा जुनकी र मैमा घर्तीको मृत्यु भएको हो । दुर्घटनामा १२ जना घाइते भएका छन् ।
जीप मंगलबार मध्यरात दुर्घटनामा परेको हो ।
फेसबुक पेज Like गर्नुहोस