काठमाडौं - भारतीय गुप्तचर संस्था ‘रअ’का प्रमुख सामान्तकुमार गोयल काठमाडौँ आएका छन् ।

बुधबार अपरान्ह इन्डियन एयर फोर्सको विशेष चार्टर्ड विमानबाट गोयल र रअ कै अर्का उच्चअधिकारी नेपाल आएको बताइएको छ । स्रोतका अनुसार उनीहरु आजै बेलुकी ९ बजे दिल्ली फर्किनेछन् ।

भारतीय सेना प्रमुख मनोज मुकुन्द नरवाणेको भ्रमण तय भइसकेका बेला रअ प्रमुख नेपाल आउनुलाई अर्थपूर्ण ढंगले हेरिएको छ । नरवाणेले लिम्पियाधुरा, लिपुलेक, कालापानी क्षेत्रबारे विवादास्पद अभिव्यक्ति दिएपछि नेपालमा चौतर्फी विरोध भएको थियो ।