रोनाल्डोमाथि लागेको बलात्कारको मुद्दा खारेज
खबर एक्सप्रेस
२०७९-०३-०१ ०३:१७ मा प्रकाशित
Total Shares: 356
काठमाडौं,एजेन्सी - म्यानचेस्टर युनाइटेडका स्टार खेलाडी क्रिस्टियानो रोनाल्डोविरुद्ध लागेको बलात्कारको मुद्धा खारेज भएको छ।
अमेरिकी न्यायाधिस जेनिफर डोर्सीले रोनाल्डोमाथि एक अमेरिकी महिलाले लगाएको बलात्कारको मुद्दा खारेज गरेकी हुन् ।
सन् २००९ मा लस भेगासमा रोनाल्डोले आफ्नो बलात्कार गरेको भन्दै अमेरिकी शिक्षिका क्याथरिन मायोर्गाले सन् २०१८ मुद्धा दर्ता गराएकी थिइन् ।
मायोर्गाको वकिलले पेश गरेको प्रमाण अपर्याप्त भएको भन्दै मुद्दा दर्ता खारेज गरिएको बताइएको छ ।

.gif)



फेसबुक पेज Like गर्नुहोस