रसुवाको आमाछोदिङ्माे -१ मा एमालेको प्यानल नै विजयी
खबर एक्सप्रेस
२०७९-०१-३१ १०:१२ मा प्रकाशित
Total Shares: 210
काठमाडौं,रसुवा - रसुवाको आमाछोदिङमाे गाउँपालिका–१ को मतपरिणाम सार्वजनिक भएको छ । सार्वजनिक नतिजाअनुसार वडा नम्बर १ मा नेकपा एमालेको प्यानलै विजयी भएको छ ।
नेकपा एमालेका साङलामा तामाङले २ सय ९० मत ल्याएर विजयी भए । उनका निकटम प्रतिद्वन्द्वी नेकपा माओवादी केन्द्रका पासाङदे तामाङले २४८ मत ल्याए भने नेपाली कांग्रेसका देवि तामाङले २४१ मत ल्याए ।
२०७४ सालमा भएको निर्वाचनमा वडाध्यक्षमा नयाँ शक्तिले विजयी हासिल गरेको थियो । यसपटक नयाँ शक्तिको टिम नै एमालेमा प्रवेश गरेका कारण विजयी भएको हो ।

.gif)




फेसबुक पेज Like गर्नुहोस