सडकमा वृद्ध कुट्ने व्यक्ति प्रहरी नियन्त्रणमा
काठमाडौं - सार्वजनिक स्थलमा वृद्धमाथि हातपात गर्ने व्यक्ति पक्राउ परेका छन् । सडकमा हिँडिरहेका वृद्धलाई कुटपिट गर्ने कार चालकलाई ट्राफिक प्रहरीले पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा बुढानिलकण्ठ नगरपालिका- ३ बस्ने ४२ वर्षीय कार चालक पारस बम रहेका छन् । बमले महाराजगन्जस्थित सडकमा हिँडिरहेका वृद्धलाई कारबाट ओर्लेर झापड हानेका थिए। वृद्धमाथि कुटपिट गरेको भिडिओ भाइरल भएपछि प्रहरीले छानविन अघि बढाएकाे थियाे ।
साेही क्रममा बालुवाटारबाट कार चालक बमलाई नियन्त्रणमा लिएकाे ट्राफिक प्रहरी महाशाखाका प्रमुख नवराज अधिकारीले नेपालप्रेसलाई बताए ।
बमलाई जिल्ला प्रहरी परिसर काठमाडौंमा बुझाइएको उनले बताए । बमले ती वृद्धलाई किन कुटपिट गरे भन्ने कारण खुलिनसकेकाे अधिकारीले बताए । बहिनीसँग हिँडेका बमले बीच सडकमा बा ३ च ११०३ नम्बरको कारबाट ओर्लेर ती वृद्धलाई कुटपिट गरेका थिए । उनीसँगै उनकाे बहिनीले पनि ती वृद्धलाई गालीगलाैज गरेकाे थियाे ।

.gif)



फेसबुक पेज Like गर्नुहोस