काठमाडौं - स्थानीय तह निर्वाचनमा दोलखा जिल्लाको बिगु गाउँपालिकामा नेकपा एमालेको तर्फबाट गाउँपालिका अध्यक्षको उम्मेदवार बनेका अच्युतम के.सी. कटवालले आफू निर्वाचित हुनेमा कुनै शंका नभएको बताए । उनले आफू विजयी भएपछि शिक्षा, स्वास्थ्य र रोजगारलाई विशेष  प्राथमिकतामा राखेर काम गर्ने बताएका छन् ।

दोलखा जिल्लाको बिगु गाउँपालिका वडा नं.४ लादुक स्थायी घर भएका  कटवाल बिगु गाउँपालिका अध्यक्षमा सशक्त उम्मेदवार बनेका छन्  । कटवाल  राजनीति र व्यावसायिक रुपमा सफल व्यक्ति हुन्  । उनका अनुसार हालसम्म उनले कुनै पनि ठाउमा उम्मेदवार बनेपछि पराजित हुनुपरेको छैन । अब पनि  गाउँपालिका अध्यक्षमा जित सुनिश्चित रहेको बताउदै बिगु गाउँपालिकामा सुशासन विकास र समृद्धि हासिल गर्नको लागि आफ्नो उम्मेदवारी आवश्यक रहेको दाबी गरे । उनले बिगु गाउँपालिकालाई देशकै नमुना गाउँपालिकाको रुपमा विकास गर्ने योजना भएको बताए ।

नेकपा एमाले निकट संगठन निर्माण सामग्री सम्बद्ध व्यवसायी संघ नेपालको केन्द्रिय उपाध्यक्ष र प्रदेश नं.३ का इन्चार्ज र नेपाल निर्माण सामग्री व्यापार संघ काठमाडौंको अध्यक्ष लगाएको थुप्रै  महत्वपूर्ण जिम्मेवारी सम्हालेको अनुभव कटवालसँग छ ।

बिगु गाउँपालिकाको लामबगरदेखि खोपाचागुसम्म सम्पूर्ण कुराहरु, समस्याहरु राम्ररी बुझेको र समाधान गर्न सक्ने भिजन भएको कारण पनि बिगुको जनताले न्याय गर्ने र जनताले सेवा गर्ने अवसर पाउने उनले बताए ।

कृषि क्षेत्रमा विशेष प्राथमिकताका साथ काम गर्ने योजना 

कृषि उत्पादकत्व वृद्धि गरी आधुनिकीकरण तथा व्यवसायीकरण गर्न विभिन्न कार्यक्रम सञ्चालन गरी कृषि क्षेत्रको आधुनिकरण मार्फत ओरालो लागेको कृषि लाई आकर्षक पेशाको रूपमा विकास गर्ने  कृषि क्षेत्रमा रुपान्तरण गर्ने र  कृषिमा उत्पादन बढाउने र देशको कूल ग्राहस्थ उत्पादनमा समेत योगदान हुने गरी काम गर्ने, खेती गरेर लगानी नउठ्ने समस्या हटाउने कृषि औजारको नाममा कृषकसंग हलो कोदालो र हंसिया लगायतका परम्परागत औजारहरु मात्र छन् त्यसलाई रुपान्तरण गरि नयाँ नयाँ प्रबिधि भित्र्याउने सिंचाइको व्यवस्थापन , लगानीमा सहयोग ,उन्नत बीउको व्यवस्था,मल वितरण गर्नका साथै प्रविधि सिकाउने प्राविधिकको व्यवस्था, बजारको व्यवस्थापन गरि उत्पादन गरेको वस्तुको बजार र उचित मूल्यका लागि व्यवसायीक रुपमा बजार व्यवस्थापन, उत्पादन गरेको वस्तुको मूल्य निर्धारण सहुलियत कर्जामा सहजीकरण , उपादन गरेको वस्तुको जम्मा गर्ने संकलन केन्द्र ,कोल्ड स्टोर, कृषिजन्य उद्योग, प्रशोधन केन्द्रको स्थापना गर्नका साथै फलफुल कोल्ड स्टोर जडिबुटी विकास कार्यक्रम ,जडिबुटि प्रशोधन केन्द्र तथा हव क्षेत्र बनाउदै कृषि पर्यटन क्षेत्रलाई बढावा दिने र स्थानीय तहको रातो किताबमा समेटेर कृषिलाई प्रोत्साहन गर्ने कटवालले योजना सुनाए ।

युवाहरू विदेशमा कस्तो नियति भोगिरहेका छन् ?  मैले राम्रोसँग बुझेको छु विदेशमा समस्यामा परेका हाम्रो युवाहरुलाई सहयोग पनि गरेको छु यस्तो विषयमा गाउँपालिकाले ध्यान नदिएको बताउदै  रोजगारी नपाएर विदेशीनु पर्ने बाध्यता हटाउन सक्ने भिजन भएको उनले बताए ।

स्वास्थ्य क्षेत्रलाई उच्च प्राथमिकतामा राखी स्वास्थ्य सेवामा सबैको पहुँच हुने गरि काम गर्ने र गुणस्तरीय सेवा उपलब्ध गराइ आर्थिक जोखिम न्यूनीकरण गर्नका साथै  क्षमता अभिवृद्धि गर्ने लक्ष्य रहेको  बताए भने शिक्षा पूर्वाधारको पनि पूर्वाधार भएको भन्दै विद्यालयहरूको क्षमता बढाई सूचना प्रविधिको विकास गरी स्मार्ट कक्षाकोठा पाठ्यक्रममा परिमार्जन गरी निजी विद्यालय भन्दा राम्रो सरकारी विद्यालयलाई विकास गर्ने दूरसञ्चार पूर्वाधार सडक कालोपत्रेदेखि अन्य पूर्वाधारको विकास गर्ने र बिगु गाउँपालिकामा सहुलियतमा बिद्युत उपलब्ध गराउने समेत योजना रहेको कटुवालले बताए ।

(दोलखा जिल्लाको बिगु गाउँपालिकामा नेकपा एमालेको तर्फबाट गाउँपालिका अध्यक्षका उम्मेदवार अच्युतम के।सी कटवाल संग कुराकानीमा आधारित भएर तयार पारिएको )