म्यानचेस्टर युनाइटेड पहिलो खेलमै पराजित
खबर एक्सप्रेस
२०७९-०५-२४ ०७:४६ मा प्रकाशित
Total Shares: 204
काठमाडौं - युरोपा लिगको समूह चरणको पहिलो खेलमा इंग्लिस क्लब म्यानचेस्टर युनाइटेड स्पेनिस क्लब रियल सोसिडाडसँग १–० ले पराजित भएको छ ।
बिहीबार राति ओल्ड ट्राफोर्डमा सोसिडाडको जितमा ब्राइस मेन्डिसले ५८औं मिनेटमा पेनाल्टीमार्फत गोल गरे ।
जितसंगै सोसिडाडले ३ अंक जोडेको छ । बिना कुनै अंक युनाइटेड तेस्रो स्थानमा छ ।

.gif)



फेसबुक पेज Like गर्नुहोस