नक्कली भुटानी शरणार्थी प्रकरणका फरार प्रतिवादी शर्मा पक्राउ
काठमाडौं - नक्कली भुटानी शरणार्थी प्रकरणका फरार प्रतिवादी सन्देश शर्मा पक्राउ परेका छन् । उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले आइतबार ललितपुरको बख्खुडोलबाट पक्राउ गरेको हो ।
पक्राउ परेका ३६ वर्षीया शर्मा दाङ तुलसीपुर १६ स्थायीवासी हुन् । उनी एमालेनिकट विद्यार्थी संगठनका नेता हुन्
प्रहरी प्रधान कार्यालयले नक्कली भुटानी शरणार्थी प्रकरणमा शर्माले डा.आरजु राणा देउवाको नाम लिइएर सार्वजनिक भएको अडियो सन्देश उनकै भएको स्पष्ट पारेको थियो ।
नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेर थुनामा रहेका दाङका शर्मा ठगी तथा संगठित अपराध कसूर मुद्दामा अनुसन्धानका लागि थुनामा थिए ।
राणाले आफ्नो नाम जोडेर फेक अडियो सार्वजनिक भएको भन्दै छानबिन गरी दोषीलाई कारबाही गर्न माग राखेर नेपाल प्रहरीको साइबर ब्यूरोमा निवेदन दिएकी थिईन्।
सन्देश शर्माको आवाज रहेको त्यस भिडियोमा आरजुलाई पनि पैसा दिइएको व्यहोरा थियो । आरजुले भने त्यसको खन्डन गरेकी थिइन् ।
उक्त मुद्दामा पुर्पक्षका लागि थुनामा रहेका उनी जेनजी प्रदर्शनको क्रममा उनी भदौ २४ गते केन्द्रीय कारागार सुन्धाराबाट फरार रहेका थिए ।

.gif)



फेसबुक पेज Like गर्नुहोस