नयाँ खिम्ती पावर सब-स्टेसनको प्रधानमन्त्रीद्वारा उद्घाटन
काठमाडौं - प्रधानमन्त्री शेरबहादुर देउवाले खिम्ती पावर सव-स्टेसनको उद्घाटन गरेका छन् ।
शनिबार रामेछापको मन्थली नगरपालिका–१३ स्थित देविटारमा पुगेर प्रधानमन्त्री देउवाले स्वदेशी लगानीमा बनेको राष्ट्रिय गौरवको माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाअन्तर्गत बनेको नयाँ खिम्ती सबस्टेसनको उद्घाटन गरेका हुन् ।
२२०/१३२ केभी क्षमताको खिम्ती सव-स्टेसन विद्युत क्षमताका हिसाबले देशकै दोश्रो ठूलो सव-स्टेसन हो । यस सव-स्टेसनमार्फत ४५६ मेगावाटको माथिल्लो तामाकोशीसहित ५२.४ मेगावाटको लिखु-४ र २४.२ मेगावाटको लिखु ‘ए’ आयोजनाहरुको विद्युत केन्द्रीय प्रशारण लाइनमा जोडिएको छ ।
उद्घाटन कार्यक्रममा ऊर्जामन्त्री पम्फा भुसाल, नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ लगायतको उपस्थिति रहेको थियो ।

.gif)




फेसबुक पेज Like गर्नुहोस