फेरि ह्वात्तै घट्यो सुनचाँदीको मूल्य
खबर एक्सप्रेस
२०७८-१२-०१ ११:३८ मा प्रकाशित
Total Shares: 249
काठमाडौं - नेपाली बजारमा आज सुनचाँदीको मूल्यमा ह्वात्तै गिरावट आएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार प्रतितोला एक लाख २ हजार ३ सय रुपैयाँ कायम भएको छापावाल सुनको भाउ मंगलबार एक हजार ८ सय रुपैयाँले घटेर एक लाख ५ सय रुपैयाँमा कारोबार भैरहेको छ ।
तेजावी सुनको भाउ तोलाको एक लाख रुपैयाँ निर्धारण गरिएको छ । यसैगरी चाँदीको मूल्य पनि आज तोलामा ३५ रुपैयाँको दरले घटेको छ । सोमबार एक हजार ४१५ रुपैयाँमा कारोबार भएको चाँदी मंगलबार एक हजार ३८० रुपैयाँमा निर्धारण भएको महासंघले जनाएको छ ।

.gif)




फेसबुक पेज Like गर्नुहोस