नेपालमा आज थप ८२१ जनामा कोरोना संक्रमण पुष्टि, १८ को मृत्यु
खबर एक्सप्रेस
२०७७-०८-२९ ०५:२७ मा प्रकाशित
Total Shares: 268
काठमाडौं - नेपालमा पछिल्लो २४ घण्टामा थप ८ सय २१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा गरिएको परिक्षणमा ८ सय २१ जनामा संक्रमण देखिएको हो । योसँगै नेपालमा कुल कोरोना संक्रमितको संख्या २ लाख ४९ हजार २४४ पुगेको छ ।
पछिल्लो २४ घण्टामा ८४२ जना कोरोना संक्रमणमुक्त भएका छन् । हालसम्म २ लाख ३६ हजार ५७३ संक्रमणमुक्त भएका छन् । आज कोरोनाबाट थप १८ जनाको मृत्यु भएको छ । यससँगै नेपालमा संक्रमणबाट मृत्यु हुनेको संख्या १ हजार ७१६ पुगेको छ ।
नेपालमा हाल संक्रिय संक्रमितको संख्या १० हजार ९५५ रहेको छ ।
फेसबुक पेज Like गर्नुहोस