काठमाडौं - नेकपा (एमाले)का विदेश विभाग उपप्रमुख विष्णु रिजालले कर्णाली प्रदेशमा एमालेको एकल सरकार बन्ने सम्भावना देखाएका छन् । त्यहाँ एमाले एक्लैको सरकार बनाउन आवश्यक मत अर्थात् बहुमत छ । ‘कर्णालीमा हेर्दाहेर्दै नेकपा (एमाले)को हातबाट फुत्किएको राजनीतिलाई चार सांसदको पुनर्बहालीसँगै अदालतले फेरि एमालेकै हातमा फर्काइदिएको छ,’ उनले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, ‘३९ सदस्यीय प्रदेशसभामा एमालेको स्पष्ट बहुमत अर्थात् २० सिट छ । पार्टी मिल्नासाथ तुरुन्तै एकल सरकार बनिहाल्छ ।’

उनले एमालेलाई एकपटक लडेपछि धुलो टक्टकाएर उठ्ने मौका मिलेको बताएका छन् । ‘मन माझौँ, पार्टी मिलाऔँ, जनादेशको सम्मान गरौँ,’ उनको भनाइ छ ।