विपक्षीहरुको विरोधपछि प्रतिनिधिसभा बैठक स्थगित
काठमाडौं- प्रतिनिधि सभा बैठक १५ मिनेटका लागि स्थगित भएको छ ।
प्रधानमन्त्री वालेन्द्र शाह ‘बालेन’ ले आइतबार सीमा सम्बन्धी दिएको अभिव्यक्तिमा आपत्ति जनाउँदै विपक्षी दलहरुले विरोध जनाएका थिए ।
त्यसपछि सभामुख डोलप्रसाद अर्यालले सभाको कामकारबाही सहज बनाउन आग्रह गरेका थिए ।
तर विपक्षी दलहरुले प्रधानमन्त्रीले रोष्ट्रममा आएर जवाफ दिनुपर्ने, प्रधानमन्त्रीको उक्त भनाइ रोष्ट्रमबाट हटाउनुपर्ने र माफी माग्नुपर्ने लगायतका मागहरु राखेर विरोध जनाए
त्यसपछि १५ मिनेटका लागि प्रतिनिधि सभा बैठक स्थगित गरिएको हो ।
प्रधानमन्त्री शाहले आफ्नो भनाइ फिर्ता लिएर माफी नमागे सम्म संसद् चल्न नदिने अडान समेत उनीहरुको छ । यसअघि बिहान पनि सोहीबारे धारणा बनाउन उनीहरुले संयुक्त बैठक समेत राखेका थिए ।
जसमा उनीहरुले प्रधानमन्त्रीले आफ्नो अभिव्यक्तिबारे सदनमा आएर स्पष्टीकरण नदिदा सम्म सदनमा अवरोध जारी राख्ने अडान राखेका थिए ।
बालेनको उक्त अभिव्यक्तिले राष्ट्रिय सभा बैठक समेत स्थगित भएको थियो । राष्ट्रिय सभामा समेत बालेनको अभिव्यक्तिका कारण सांसदहरुले विरोध जनाएका थिए ।

.gif)



फेसबुक पेज Like गर्नुहोस