राष्ट्रपति भण्डारीद्वारा शपथसम्बन्धी अध्यादेश जारी
खबर एक्सप्रेस
२०७८-०२-०६ ०७:३३ मा प्रकाशित
Total Shares: 305
काठमाडौं - राष्ट्रपति विद्यादेवी भण्डारीले शपथसम्बन्धी अध्यादेश जारी गरेकी छन् ।
मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपति भण्डारीले शपथसम्बन्धी अध्यादेश २०७८ जारी गरेकी हुन् । नेपालको संविधानको धारा ११४ को उपधारा(१)बमोजिम मन्त्रिपरिषद्का सिफारिशमा आज ती अध्यादेश जारी गरिएको राष्ट्रपतिको कार्यालयका सहायक प्रवक्ता केशवप्रसाद घिमिरेले विज्ञप्तिमार्फत जानकारी दिएका छन् । वैशाख ३१ मा प्रधानमन्त्रीको शपथ विवादमा तानिएको थियो ।
यस्तै राष्ट्रपति भण्डारीले कोभिड-१९ संकट व्यवस्थापन अध्यादेश पनि जारी गरेकी छिन् ।
फेसबुक पेज Like गर्नुहोस