काठमाडौं - नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले विशेष महाधिवेशनका कारण पार्टी विभाजन हुने आशंका पूर्ण रूपमा अस्वीकार गरेका छन् ।

उनले पुस २७ र २८ गते काठमाडौंमा आह्वान गरिएको विशेष महाधिवेशनबाट पार्टी विभाजनको अवस्था आए आफू सबैभन्दा पहिला अधिवेशन हलबाट बाहिरिने स्पष्ट घोषणा गरेका छन् ।